चुनावका लागि जसपाले तय गर्यो पाँच नारा

जनता समाजवादी पार्टी नेपाल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच वटा नारा लिएर जनताको बिचमा जाने भएको छ ।

जसपाको स्थानीय तह निर्वाचन परिचालन मूल समितिले पाँच वटा नारा तय गरेको छ । ती नारा यस प्रकार छन् ।

१) पहिचान, संघीयता सुशासन र सदाचार
स्थानीय सरकार समृद्धिको मूल आधार ।
२) जनता समाजवादी पार्टीको मूल मन्त्र
समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्र ।
३) संघीयता सुशासन र पहिचान
समृद्धिका लागि छातामा मतदान ।
४) समावेशी नेतृत्व, समृद्ध देश
जसपाले जोड्छ हिमाल, पहाड, मधेस ।
५) समावेशी लोकतन्त्र समावेशी विकास
जसपाले दिन्छ देशलाई निकास ।

समितिले हाल निर्वाचनको घोषणापत्र समेत तयार गर्दैछ । घोषणापत्र चाडै सार्वजनिक गरिने जनाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्