नेपाल मातृभूमि पार्टीका केन्द्रीय उपाध्यक्ष भवानीप्रसाद दाहाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

नेता दाहालकाे नेतृत्वमा २१ जना नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

बिहीबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीका वरिष्ठ नेता अशोककुमार राई र केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुबेदीले उनीहरुलाई रातो टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

जसपा प्रवेश गर्नेहरुमा उक्त पार्टीको उपाध्यक्ष दाहालसहित सचिवालय सदस्य टंक कट्टेल, केन्द्रीय सदस्यहरु राजु श्रेष्ठ र रघुवर पुडासैनी लगायत २१ जना छन् ।

पार्टीमा संस्थापन पक्षसँग राय नमिलेको कारण पार्टी परित्याग गरेको नेता दाहालले बताए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ, पूर्ण बस्नेत लगायतकाे पनि उपस्थिति थियाे ।

त्यसैगरी आजै काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी राजकुमार पुर्काेटी र १३ वडाका विमल श्रेष्ठ पनि जसपामा प्रवेश गरेका छन् ।

एमाले र कांग्रेस परित्याग गरेका उनीहरुलाई पनि जसपाका वरिष्ठ नेता राईले स्वागत गरेका हुन् ।