काठमाडौं महानगरपालिकाको मेयरमा र्यापर बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले हिजाे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

पेसाले इञ्जिनियर समेत रहेका बालेनकाे सामाजिक सञ्जालमा राम्रो चर्चा छ ।

बालेन शाहको घोषणा-पत्रको सारांश यस्ताे छ ।

• जन्मदर्ता, विवाह दर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
• पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर
• भ्रष्टाचार बिरुद्ध विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी
• रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ
• युवाहरुको लागि करियर परामर्श र कोचिङ, बिजनेस सुरू गर्न सिडमनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
• सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
• निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
• ७० वर्ष माथिका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने
• सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने, हेल्थ पोस्टहरुको स्तरोन्नति
• बस स्टपहरुमा फल्चा स्थापना गरिने
• सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट
• काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने
• उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
• काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
• सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
• अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने
• अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
• एक घर एक रुख अभियान सुचारु गरिने ।