नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली पदबाट राजीनामा दिएर स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
उनले ओखलढुङ्गास्थित मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
संघीयता राज्य प्रणालीलाई बलियो बनाउनुका साथै स्थानीय तहलाई विकास र समृद्धि हासिल गर्ने मूल आधार बनाउनुपर्ने भन्दै उनी पुनः पत्रकारिता छोडेर राजनीतिमा लागेका हुन् ।
उनले जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
मानेभन्ज्याङ गाउँपालिकामा जसपा र नेकपा एमालेको बिचमा तालमेल गरिएको छ । एमालेबाट रुपलाल तामाङ अध्यक्षको उम्मेदवार छन् ।
रुम्दाली नेपाल पत्रकार महासंघ ओखलढुङ्गा जिल्ला शाखामा लगातार तीन कार्यकाल अध्यक्षमा निर्वाचित भएर काम गरेका व्यक्ति हुन् ।
उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि उपाध्यक्षमै चुनाव लडेका थिए । तर, यसपटक भने एमालेसँग तालमेल गरिएकाेले जित सुनिश्चित भएको उनले बताए ।
