खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले विमला राई र रमेश राउतलाई उम्मेदवार बनाएको छ ।
मेयरको उम्मेदवार भएकी राई २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।
उपमेयरका उम्मेदवार राउत भने वडा नं ६ मंगलटारका निर्वाचित वडाअध्यक्ष हुन् ।
त्यसबेला कांग्रेसले मेयर र उपमेयरका साथै नगरपालिकाको ११ वटा वडामध्ये ७ वटा वटामा जितेको थियो ।
मेयरमा भने इबन राई निर्वाचित भएका थिए ।
सोही कारण हाल कांग्रेसले उक्त नगरपालिकामा गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेको छ ।
खोटाङको दश वटा स्थानीय तहमध्ये ४ वटामा कांग्रेस एक्लै चुनाव जित्ने दाबीका साथ लड्दैछ ।
कांग्रेसले
वडा नं १ बाहुनीडाँडामा रुद्र राई
वडा नं २ डिकुवामा देबेन्द्र राई
वडा नं ३ च्यास्मिटारमा भूपाल राई
वडा नं ४ बडहरेमा किशोर बस्नेत
वडा नं ५ दुर्छिममा रुपेन्द्र राई
वडा नं ६ मंगलटारमा लिलाबहादुर बस्नेत
वडा नं ७ हलेसीमा कमल गिरी
वडा नं ८ धितुङमा टेकराज राई
वडा नं ९ सल्लेमा काशीराज राई
वडा नं १० अर्खौलेमा ज्ञानबहादुर पुरी र
वडा नं ११ राजापानीमा प्रकाश राईलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
हलेसी तुवाचुङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच चुनावी तालमेल गरिएको छ । सत्ता गठबन्धनको जनता समाजवादी पार्टी नेपाल भने एक्लै लड्दैछ ।
