हाम्रै पार्टीभित्रका केही नेताहरुले मेराे बदनाम गर्न खाेजिरहेका छन्ः मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्नै पार्टीका केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेकाे बताएका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पार्टीका केही नेताहरुलाई चिप्ले किरा र चोरको संज्ञा दिँदै आफूलाई बदनाम गर्न खोजेको बताए ।

‘अहिले आठ महिना भइसक्यो । दुई महिना त हामीले ग्रेस मार्क पाइसक्यौं । मैले मेरो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई त्यतिबेलै भनेको थिएँ अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस्, म खुसी छु,’ उनले भने, ‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’

मन्त्री आलेले आफूलाई कुनै मन्त्रीको लोभ नभएको भन्दै जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताए ।

उनले पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैं साथमा रहेको बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img