दिप्रुङ चुइचुम्माले आफ्नै ‘पालिका गान’ बनाउने, छानिए गोपालचन्द्रकाे रचना

खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै ‘पालिका गान’ बनाउने भएको छ ।

पालिका गान लेखनका लागि सूचना प्रकाशन गरी प्रतियोगिता गरिएकोमा गोपालचन्द्र राईको रचना छनोट भएको छ ।

गोपालचन्द्र राई गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । तर उनी तेस्रो मात्र भए ।

२८०३ मत ल्याएर नेकपा एमालेका उम्मेदवार लोकेन्द्र राई पालिका अध्यक्षमा निर्वाचित भए । कांग्रेसका उम्मेदवार नइन्द्र राईले २१६२ मत ल्याए ।

माओवादी केन्द्रबाट चुनाव लडेका गोपालचन्द्रले २०९३ मत ल्याएका थिए ।

खोटाङको दुई नगरपालिकासहित दश पालिकामध्ये चार पालिकामा कांग्रेस एक्लै लडेको थियो । जसमा दिप्रुङ चुइचुम्मा गाउँपालिका पनि एक हो ।

पालिका अध्यक्षमा निर्वाचित भएपछि लोकेन्द्र राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले आफ्नै पालिका गान निर्माण गर्ने पहिलो निर्णय गरेको थियो ।

सो अनुसार सूचना जारी गरी प्रतियोगिता गराइएको थियो । जसमा वडा नं ४ बतासे घर भएका गोपालचन्द्रले लेखेको शब्द पहिलो नम्बरमा छनोट भएको छ ।

दोस्रो, तेस्रो र सान्त्वनामा क्रमशः सुवास पराजुली, ओमसरा राई, विजय राई र नरेन्द्र निर्विकार रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जनाए ।

गाउँपालिकाले प्रथम भएको शब्दरचनालाई पालिका गानको रुपमा निर्माण गर्ने काम अघि बढाउनेछ भने प्रथमलाई १०, दोस्रोलाई ५, तेस्रोलाई ३ र सान्त्वनालाई एक/एक हजार रुपैयाँ पुरस्कार पनि दिनेछ ।

छनाेट भएकाे पालिका गानको शब्दः

वीरहरुका सन्तान हामी हिम्मतिलो नेपाली
बहुल जाति बहुल भाषी दिप्रुङ चुइचुम्माली ।

संस्कृतिको धनी दिप्रुङ खोटाङ्गेको शान
अति सुन्दर धिप्लुङ झरना प्रकृतिको बरदान ।

सातै प्रदेश सातै वडा साथै समावेशी
एकताको मालाभित्र दिप्रुङ चुइचुम्माली ।

पालिकाको नदीनाला लेकै हरियाली
आत्मनिर्भर हुनुपर्छ दिप्रुङ चुइचुम्माली ।।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्