जसपाकै नेताले भने- ‘मन्त्री रेणु यादव घुसविना कामै नगर्ने, उनकाे स्वकीय सेटिङ मिलाउन माहिर’

जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी रेणुकुमारी यादव हाल अरबौ रुपैयाँ घुसको धन्दामा लागेको सोही पार्टीका एक जिम्मेवार नेताको आरोप छ ।

जसपाका सल्लाहकार समितिका सचिव तथा केन्द्रीय सदस्य सुमनकुमार चौधरीले मन्त्री यादवले घुस नदिए कुनै पनि काम नगर्ने आरोप लगाएका छन् ।

सप्तरी घर भएका उनले आज सामाजिक सञ्जाल फेसबुकमा मन्त्री यादवका स्वकीय सचिव कृष्णदेव राय यादव घुसको सेटिङ मिलाएर काम गर्न माहिर रहेको र मन्त्री यादव पनि पैसासँग मात्रै मतलब राखेर काम गरिरहेको उल्लेख गरेका छन् ।

उनले आपूmले बाध्य भएर यो कुरा सार्वजनिक गरेको जनाएका छन् ।

नेता चौधरीले पार्टीको नाताले अहिलेसम्म मन्त्री रेणु यादवलाई मात्रै आप्mनो एक जना ओभरसियर पदमा कार्यरत मान्छेको सरुवा गरिदिन अनुरोध गरेको तर भोलि पर्सी, पन्ध्र दिन भन्दै तीन महिनासम्म तारिखमा राखिदिएको उल्लेख गरेका छन् ।

उनले पैसासित मात्रै मतलब राख्ने मन्त्री यादवलाई पार्टीले मन्त्री बनाइराख्न सुहाउँछ ? भन्दै प्रश्न पनि गरेका छन् ।

यस्तो छ उनको स्टाटसः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img