अब चुनावअघि नै दलहरुले भावी प्रधानमन्त्री घोषणा गर्नु जरुरी भयोः खतिवडा

मान्छेले केवल आफ्नाे पार्टीकाे नेता भनेर भोट दिँदैनन्

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले अब सबै दलहरुले भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

मान्छेले अब केवल आफ्नाे क्षेत्रको नेता वा आफ्नाे पार्टीकाे नेता भनेरमात्रै भोट नदिने उनको भनाइ छ ।

अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलहरुले भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गर्न जरुरी भएकाे उनले बताए ।

बिहीबार फेसबुकमा उनले भने, ‘अब मान्छेले केवल आफ्नाे क्षेत्रको सांसद उम्मेदवार र पार्टी हेरेर भोट दिँदैनन् । आफ्नाे भोटले भोली को प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छ ? कस्तो शासन गर्छ ? चुनाव अगाडि नै जान्न चाहन्छन् । सबै दलहरुले भावी प्रधानमन्त्री घोषणा गर्न नितान्त जरुरी छ ।’

उनले नेपाली कांग्रेसकै कार्यकर्ताहरु पनि फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने हुन् के भोट दिनु ? भन्दै निराशाको स्थितिमा रहेको बताए ।

अबकाे राजनीति त्यति सजिलो नरहेकाे भन्दै उनले लेखे, ‘अनौपचारिक कुराकानीमा कांग्रेसजन नै भन्छन्– फेरि देउवा प्रधानमन्त्री हुने हुन्, र्याल चुहाउँदै बस्ने हुन्, के भोट दिनु ? एमाले नै भन्छन्– फेरि पाँच वर्ष ओलीका बकबास सुन्नुपर्छ, के भोट दिनु ?’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img