चार राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त विभिन्न देशका राजदूतहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img