प्रेम आचार्यको बारेमा लेख्नुअघि आफ्नो पनि अनुहार हेर्नुस्, कतै तपाईं पनि कसैको लागि भाटभटेनी, बिगमार्ट जस्तै बन्नुभएको त छैन ? अरु प्रेम आचार्यहरु तपाईंबाट पीडित त छैनन् ?
अब रह्यो उनको व्यवसायको ऋण । भाटभटेनी, बिगमार्ट, मोटर साहु, बैंक आदिले ठगेर आत्मदाह गर्न बाध्य बनाएको ऋण जनताको करबाट तिर्ने कि ठगहरुबाट असुल गर्ने ?
सरकारले क्षतिपूर्ति दिने भनेको मन्त्रीको घरजग्गा बेचेर दिने हो कि हाम्रै कर काटेर जम्मा गरेको पैसाले ? उनको ऋण राज्यले तिर्दा मुगु, हुम्लामा १ पोका नुन किन्न नसक्ने जनता अनि ठमेलका फुटपाथमा बोरा ओढेर कुकुरसँग टाँसिएर सुत्ने बालकहरुलाई सोध्ने कि नसोध्ने ?
अर्काको खेती देखाएर केहीदिन २/४ वटा बाख्रा, गाई पालेर राज्यबाट अनुदान लिने र गाईलाई भोकै मारेर इन्स्योरेन्सबाट बिमाको पैसा खाने डाँकाहरु भएको देशमा नेता मात्रै चोर हुन् कि हामी पनि हौं ।
लुटेरै धनी भएका र लुट्ने र ठग्ने अवसर नपाएर मुर्मुरिएर बसेकाहरुको जमातमा सद्दे मान्छे खोज्नु र अकबरले “नपाद्ने मान्छे” खोज्न लगाएजस्तै पो हो कि ?