अखिल क्रान्तिकारीले सुरु गर्यो स्ववियु कार्यशाला

काठमाडाैं । अखिल क्रान्तिकारीले स्ववियु चुनाव सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौंमा कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूराे सदस्य हिमाल शर्माको प्रमुख अतिथि र संगठनका अध्यक्ष पञ्चा सिंहको विशेष रहेकी थिइन् ।

कार्यक्रममा शर्माले स्ववियुमा उमेर हद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताए । उनले एकढिका भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकताहरुलाई निर्देशन समेत दिए ।

उनले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने समेत बताए ।

संगठनका अध्यक्ष सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्न निर्देशन दिए ।

उपाध्यक्ष मिलन एमसी स्ववियु चुनावमा श्रेष्ठता हासिल गर्न सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बेला आएको बताए ।

संगठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरुमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायित्व अखिल क्रान्तिकारीको काँधमा आएको बताए ।

कार्यक्रममा संगठनका सचिव प्रसुन कार्की, बाबुराम नेपाली, विशेष प्रदेशका अध्यक्ष संजिव रेग्मीले कार्यशालालाई सम्बोधन गरेका थिए ।

अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्