ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा क्षेत्र) मा पहिचानवादीहरूले शनिबार र आइतबार दोस्रो चरणकाे वृक्षारोपण गरेका छन् ।

स्थानीयवासी र पहिचानवादीहरूको विरोधकै बाबजुद राज्य पक्षले मुक्कुमलुङमा केबलकार निर्माणका लागि गत वर्ष हजारौं रुखहरू काटेको थियो ।

हाल, केबलकार निर्माणको विरोध स्वरूप रुख काटिएकाे स्थानमा वृक्षारोपण गरिएको हो ।

लिम्बू (याक्थुङ) समुदायको ऐतिहासिक सांस्कृतिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी हिन्दुकरण गर्ने र हिन्दुहरूको पर्यटकीय स्थलको रूपमा विकास गर्ने राज्य पक्षको तयारी छ ।

यसका निम्ति केबलकार निर्माण गरी सञ्चालन गर्नका लागि सरकारले व्यवसायी चन्द्रप्रसाद ढकाल नेतृत्वको एउटा निजी कम्पनीलाई जिम्मा दिएकाे छ ।

मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङकाे अतिक्रमण र केबलकार निर्माणकाे विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

तर, सरकार पक्षले भने आन्दोलनकारीहरूलाई पेलेरै केबलकार निर्माण गर्ने नीति अवलम्बन गरेकाे छ ।