सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा पत्रकारहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

प्लेकार्डसहितको प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘सञ्जाल बन्द, आवाज बन्द’, ‘जनताको मुख थुन्न पाइँदैन’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात’, ‘अलोकतान्त्रिक निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने ‘निर्देशिका, २०८०’ बमोजिम सूचीकरण नगरेका २६ भन्दा बढी सामाजिक सञ्जाल बन्द गर्न सरकारले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका सञ्जाल बन्द गरिएपछि पत्रकारहरूले यसको विरोधमा सडकमा उत्रिएका हुन्।