युट्युब, टिकटकमा भ्रामक भिडियाे राख्नेहरुलाई कारबाही गरिने

२२ अनलाइनलाई सचेत, १६ युट्युबलाई कारबाही सिफारिस

युट्युब, टिकटक, फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा भ्रामक तथा झुटा क्याप्सनसहितकाे फोटो तथा भिडियो अपलोड गर्नेहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर व्युरो भाेटाहिटीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नबिन्द अर्यालले आज एक अनुरोध पत्र जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक तथा झुटा क्याप्सनसहितको फोटो तथा भिडियोहरु अपलोड गरेर समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव बिगार्ने तथा कुनै पनि घटनाकाे अनुसन्धानलाई प्रभावित पार्नेहरुलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

अहिले खासगरी अभिनेता पल शाहविरुद्ध लागेको अभियोगबारे अनुसन्धान भइरहेका बेला युट्युब, टिकटक, फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको विषयलाई केन्द्रित गरेर प्रहरीले ती त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

अनुरोध पत्रमा भनिएको छ, ‘सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमको प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिबिधि नगर्न हुन सम्पूर्णमा साइबार व्युरो अनुरोध गर्दछ ।’

प्रहरीले यसअघि प्र्याङ्कको नाममा सर्वसाधारणलाई मानसिक तथा शारीरिक सास्ती दिएको अभियोगमा एक युवकलाई पक्राउ गरेको थियो ।

यसैबीच प्रेस काउन्सिलले पनि आजै गलत सूचना दिने २२ वटा अनलाइन मिडियालाई सचेत गराएको र १६ वटा युट्युब च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्