साम्पाङको स्वेच्छाचारिताविरुद्ध उनकै कार्यकर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पार्टी सञ्चालन शैलीमाथि उनकै कार्यकर्ताबाट प्रश्न उठ्न थालेको छ।

अध्यक्ष साम्पाङले पार्टीको क्युआरटी (क्विक रेस्पोन्स टिम) विघटन गरेको घोषणा गरेपछि क्युआरटी संयोजक ज्ञानु चाम्लिङले त्यसप्रति आपत्ति जनाएका छन्।

साम्पाङले सोमबार फेसबुकमार्फत क्युआरटी विघटन गरिएको र त्यसको सट्टा ‘सुरक्षा विभाग’ गठन प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए।

लगत्तै क्युआरटी संयोजक चाम्लिङले आफू सहित ३५ जनाको नामसहित प्रेस विज्ञप्ति जारी गर्दै कुनै सूचना, सरसल्लाह वा छलफल नगरी क्युआरटी विघटन गरिएको भन्दै विरोध जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘श्रम संस्कृति पार्टीको क्युआरटी विघटन गरी सुरक्षा विभाग गठन गर्ने सम्बन्धमा पार्टी अध्यक्ष हर्कराज राईबाट फेसबुकमार्फत सार्वजनिक गरिएको घोषणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा हामीसँग कुनै सरसल्लाह वा छलफल नगरी हामी आबद्ध रहेको टिम विघटन गरी विधानले व्यवस्था नगरेको सुरक्षा विभाग गठन गर्ने घोषणा गर्नु विधानविपरीत तथा अलोकतान्त्रिक कदम हो।’

विज्ञप्तिमार्फत उक्त निर्णय फिर्ता लिन माग गरिएको छ। अन्यथा क्युआरटी पुनर्गठन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

साम्पाङमाथि यसअघि पनि पार्टीका महत्त्वपूर्ण निर्णय तथा कारबाहीका विषयमा आन्तरिक छलफल नगरी फेसबुकमार्फत सार्वजनिक गर्ने गरेको आरोप लाग्दै आएको छ।

यसपटक भने अध्यक्ष साम्पाङको सुरक्षा व्यवस्थापनमा खटिएको क्युआरटीकै संयोजकले उनको निर्णय प्रक्रियालाई अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउँदै साेकाे फन्डाफाेर गर्ने चेतावनी दिएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्