अबको युग हर्कवादको हो, छिटाे अहंकार त्यागेर श्रम संस्कृतिमा आउनूः साम्पाङ

संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अबको युग हर्कवादको युग भएको भन्दै पुराना दलमा रहेकाहरूलाई श्रम संस्कृतिमा आउन आग्रह गरेका छन्।

उनले शनिबार (आज) फेसबुकमा लेखेका छन्, ‘समयअनुसार आफूलाई परिवर्तन गर्न सकिएन भने डाइनोसर बन्नुको विकल्प रहन्न। पुराना दलहरूमा रहनुभएका देशप्रेमी दाजुभाइदिदीबहिनी सबैलाई श्रम संस्कृतिमा आउन आह्वान गर्दछु। अबको युग हर्कवादको युग हो, श्रम संस्कृतिको युग हो।’

कतिपय मानिसहरूले साम्पाङलाई अहंकारी भन्ने गरेका छन्।

उनले भने अहंकार त्याग्न आग्रह गर्दै लेखेका छन्, ‘ढिलो नगर्नुहोला, सत्य र तथ्य आफ्नो हठ र अहंकारभन्दा बलियो हुन्छ। यथार्थलाई चिन्नु र बुझ्नु अनि स्वीकार्नुपर्दछ।’

साल्पा अनलाइनका रिल हेर्नुस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्