काठमाडौँ। किरात राई विद्यार्थी संघको ११औं राष्ट्रिय सम्मेलनबाट निराजन किरातीको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ।
बुधबार काठमाडौँमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा निन्दिना राई, बसन्त राई र उपार्जुन चाम्लिङ, महासचिवमा करिना राई, सचिवमा अवि राई, सुदिप चाम्लिङ र नितेश राई, कोषाध्यक्षमा देवेन्द्र राई तथा सहकोषाध्यक्षमा रजनी राईलाई चयन गरेको छ।
यस्तै सदस्यहरुमा पपिन्द्र राई, त्रिचन्द्र राई, गणेश राई, दिपन राई, अनन राई, कोपिला राई, प्रितम राई, नरेन राई, दिपेन्द्र राई, गणेश राई, आशिष राई, दिपक राई, सुहाङ राई, सुरेन्द्र राई र नविन राई निर्वाचित भएका छन्।
बाँकी दुई जना केन्द्रीय सदस्य भने पछि मनोनयन गरिने संघका निवर्तमान अध्यक्ष सोवित सिलहँछा राईले जानकारी दिए।