‘किरात’ नेपालको एक प्रमुख सभ्यता र इतिहास हो। राज्यको पुनर्संरचना गर्दा किरात सभ्यताको आधारमा प्रदेश नामकरण गर्ने राजनीतिक माग उठेको थियो र अहिले पनि छ।
किरातले नेपालका मुख्यगरी राई, लिम्बू, याक्खा, सुनुवारलगायत आदिवासीहरूलाई समेट्छ। डा. हर्क गुरुङले त मगर र गुरुङहरूलाई समेत किरात भनेका छन्, उनको किताब ‘मैले देखेको नेपाल’मा।
तर, किरात शब्दबारे खासगरी लिम्बू समुदायमा अहिले विवाद भइरहेको छ।
केही लिम्बूहरूले अहिले आफूलाई किरात होइनौँ भन्न थालेका छन्। तर, लिम्बूहरूको जातीय संस्थाको नाम चाहिँ ‘किरात याक्थुङ चुम्लुङ’ नै रहेको छ।
किराचुका संस्थापकसमेत रहेका बालकृष्ण माबुहाङले भने केही वर्षयता लिम्बूहरूले मात्रै नभएर राईहरूले पनि आफूलाई किरात भन्न उपयुक्त नहुने तर्क गरिरहेका छन्।
किरात हौँ वा होइनौँ भन्ने विषयको बहसको अन्तर्यमा राजनीति जोडिएको जस्तो देखिन्छ।
हाल सामाजिक सञ्जालमा यसबारे छलफल भइरहेको छ। राष्ट्रिय जनमुक्ति पार्टीका नेता रहेका बलदीप प्रभावश्वर चामलिङ र माबुहाङबीच फेसबुकमा बहस चलिरहेको छ।
सुरुमा, चामलिङले ‘१८३१ को लालमोहरको चिरफार र किरात लिम्बू’ शीर्षकमा एउटा छोटो विचार राखेका थिए। त्यसमा माबुहाङले फरक मत राखे।
बाँकी उहाँहरूकै कुरा पढ्नुहोस्।



उहाँहरूकाे फेसबुकमै गएर हेर्नुहाेस्ः