एमाले अध्यक्ष ओलीबारे मातृका यादवकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट मेटाइयाे

सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे दिएकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुख सापकाेटाकाे निर्देशनपछि यादवकाे उक्त अभिव्यक्ति संसदकाे रेकर्डबाट मेटाइएकाे छ ।

सांसद यादवले बिहीबार प्रतिनिधिसभाकाे बैठकमा एमाले अध्यक्ष ओली ‘मेन्टल्ली र फिजिल्ली ठीक नभएको’ अभिव्यक्ति दिएका थिए ।

साे लगत्तै एमालेका सांसद विशाल भट्टराईले यादवकाे अभिव्यक्तिमा नियमापत्ति जनाएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img