सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे दिएकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुख सापकाेटाकाे निर्देशनपछि यादवकाे उक्त अभिव्यक्ति संसदकाे रेकर्डबाट मेटाइएकाे छ ।

सांसद यादवले बिहीबार प्रतिनिधिसभाकाे बैठकमा एमाले अध्यक्ष ओली ‘मेन्टल्ली र फिजिल्ली ठीक नभएको’ अभिव्यक्ति दिएका थिए ।

साे लगत्तै एमालेका सांसद विशाल भट्टराईले यादवकाे अभिव्यक्तिमा नियमापत्ति जनाएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here