मनमोहन चौधरी हरियाे सर्टमा स्टिकाेट लगाउने हुन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन् ।

नेता चौधरी काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् । बैठक भदौ १ र २ गते भएको हो ।

नेता चौधरी लुम्बिनी प्रदेशमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर पनि हुन् ।