ठाकुर-महतो समूहका नेता तथा लुम्बिनी सांस्कृतिक नगरका मेयर जसपामै फर्किए

महन्थ ठाकुर र राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन् ।

नेता चौधरी काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् । बैठक भदौ १ र २ गते भएको हो ।

नेता चौधरी लुम्बिनी प्रदेशमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर पनि हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्