खोटाङको ऐँसेलुखर्कमा जसपाका कार्यकर्ताहरुले मर्मत गरे बिग्रेकाे सडक

पहिचानसहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी राजनीतिक एजेण्डा बोकेको जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले प्रदेश नं १ को खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडा नं ५ रिब्दुङ महेश्वरीमा सडक मर्मत गरेका छन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडकमा सोलिङ गरिएको भए पनि उक्त सडक भत्किएर खराब हुँदा पनि सम्बन्धित निकायले नहेरेपछि जसपाको ऐसेलुखर्क गाउँपालिका वडा नं ५ समितिमा पदाधिकारी तथा कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सडक मर्मत गरेका हुन् ।

उनीहरुले स्थानीय घङ्कुखोलामा बर्खायाममा बिग्रेको बाटो मर्मत गरेका हुन् ।

वडा समितिका अध्यक्ष दिनेश राईले भत्किएको बाटो बनाउन गाउँपालिका र सम्बन्धित निकाय कसैले पनि ध्यान नदिएकाले आफूहरुले मर्मत गरेको बताए ।

उनले भने, ‘केही वर्षअघि यहाँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सोलिङ गरिएको थियो । सोलिङ बारम्बार भत्किरहेको भए पनि कसैले ध्यानदिएको थिएन । यो उकालोमा मोटरसाइकल निस्कन पनि नसकिरहेको थियो, अहिले हामीले स्वस्फूर्त मर्मत गरेका छौं ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img