निजी क्षेत्रकाे लगानी भित्र्याउन मधेस सरकारले सक्दाे प्रयास गरिरहेकाे छ : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकारले सक्दाे प्रयास गरिरहेकाे बताएका छन् ।

बिहीबार सप्तरी उद्योग वाणिज्य संघद्वारा आयोजित नवनिर्वाचित समितिको पदाधिकारी तथा सदस्यहरुकाे सपथग्रण कार्यक्रममा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना विकास सम्भव नरहेकाेले प्रदेश सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन सक्दाे प्रयास गरिरहेकाे बताए ।

उनले प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी तथा व्यवसायीहरुलाई लगानी गर्न सहज बनाएको उल्लेख गर्दै एक साताभित्रैमा नियमावली आउने जानकारीसमेत गराए ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेस सरकारले छिट्टै लगानी सम्मेलनकाे आयोजना गर्न लागेको बताए ।

संघकाे नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अरुण प्रधानसहित विभिन्न क्षेत्रका अगुवाहरुले शुभकामना दिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्