जनता समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला तहका नेताहरुकाे पहलमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेका तीन जना व्यक्ति बुधबार रिहा भएका छन् ।
प्रहरीले गाेरु काटेकाे अभियाेगमा गत आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरेकाे थियाे ।
जसपा खाेटाङका विद्यार्थी नेता रविन खम्बूले जसपा र माओवादी केन्द्रकाे पहलमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेकाहरु रिहा भएकाे बताएका छन् ।
प्रहरी हिरासतबाट मुक्त भएपछि उनीहरुलाई अबिरकाे टीका लगाउनुका साथै खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
एकल नस्लबादी शासन सत्ताको यो हर्कत अत्यन्तै निन्दनीय छ यसले एकता समानता होइन साम्प्रदायिक भडकाउने गरिरहेको छ कुनै दिन नेपालमा जातीय युद्धको कारणनै यहि गाई गोरु हुने छन
त्यो बेला कसैको संस्कार संस्कृतिलाई दबाएर जबर्जस्ती आफ्नो धर्म संस्कार बचाउनेगरुको सिरिखुरी