कांग्रेस-एमालेका नेताहरु विकास गर्छु भनेर भोट माग्छन्, जितेपछि देशै डुब्ने गरी भ्रष्टाचार गर्छन्

कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष जसपामा प्रवेश

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले कांग्रेस–एमालेका नेताहरुले चुनावको बेला विकास गर्छु, समृद्धि ल्याउँछु, सुशासन ल्याउँछु भनेर भोट माग्ने तर जितेर गएपछि देशै डुब्ने गरी भ्रष्टाचार गर्ने गरेको बताएका छन् ।

आज लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–१० गेदवामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता राईले कांग्रेस–एमाले र आफूहरुको बिचमा फरक रहेको दाबी गरे ।

आफूहरुले भोट माग्दा विकास, समृद्धि, सुशासन, समाजवाद ल्याउने कुराका साथै उत्पीडित जाति र समुदायलाई पहिचान र अधिकार दिने र राज्यको मूल धारमा ल्याउने कुरा पनि गर्ने नेता राईको भनाइ छ ।

सो क्रममा उनले कांग्रेस र एमालेले सात साल, १७ सालको, ४६ सालको कुरा गरेर अहिले पनि त्यो इतिहास बेचेर खाइरहेको बताए ।

तर अब उत्पीडितहरुलाई पहिचान र अधिकार नदिने कांग्रेस–एमालेमा बिसौं वर्ष बसेका नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गर्न थालेको उनले बताए ।

सो क्रममा तिलोत्तमा नगरपालिका वडा नं १० का नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष व्यासमुनी चौधरी जसपामा प्रवेश गरेका थिए ।

आदिवासी जनजाति अगुवासमेत रहेका चौधरीको नेतृत्वमा कांग्रेस र एमालेका गरी ३५० जना कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज दानबहादुर चौधरी, सहइन्चार्ज नवीन सुनुवार, कमल खनाल, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव लगायतका नेताहरु थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

2 COMMENTS

  1. सत्यतथ्य समाचारको खानी साल्पा अनलाइन

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img