खोटाङमा युवाहरूले थाले भ्रष्टाचार विरोधी अभियान

जेन–जी आन्दोलनपछि खोटाङका युवाहरूले भ्रष्टाचारमुक्त समाज निर्माण अभियान थालेका छन्।

दिक्तेल युवा समाजको लेटरहेडमार्फत शनिबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूले कुनै पनि सरकारी कार्यालयमा सेवा लिन जाँदा घुस मागिए, ढिलासुस्ती भए वा कर्मचारीहरूले गलत काम गरेमा आफूहरूलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।

पाँच वटा सम्पर्क नम्बर सार्वजनिक गर्दै युवाहरूले भनेका छन्, ‘हामी तपाईंहरूको हक अधिकारको रक्षा गर्नेछौं। अब भ्रष्टाचार सह्य हुँदैन।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img