माओवादी जनयुद्धकाे बिसर्जनले आधारभूत वर्गका कार्यकर्ताका साथमा आधारभूत वर्ग, जाति, क्षेत्र तथा उत्पीडित समुदायका सपनाहरुमाथि विश्वासघात नै गरेको हो ।
एउटा असफलतामै टुङ्गिएको युद्धले बाँड्ने भनेको निराशा, हतासा र वर्वादी नै हो । मार्क्सवादका पुस्तकमा के लेखिएको छ भनेर होइन बरु समान दुःखसुखका लाखौं करोडौं मानिसहरु के सोच्छन् भनेर र ती लाखौं करोडौं जनताका साझा अनुभूतिलाई सत्य मानेर हेर्ने हो भने माओवादी आन्दोलनमा सहभागी आधारभूत वर्गका मानिसहरुले गम्भीर धोका पाएको महसुस गरेका छन् र ती निराश छन् । यही निराशाको माटोमा जन्मेको हो प्रकाश सपुतको पिर ।
प्रकाश सपुत समाजवादी यथार्थवादी होइनन् । उनी प्रगतिशील पनि होइनन् । उनी बजारिया मूलधारमा बिक्ने सिर्जना उत्पादन गर्ने उत्पादक हुन् । तर पनि उनी आलोचनात्मक लेख्छन् र कहिले एमाले र कहिले जसकाे निशानामा पर्छन् । यो पटक माओवादी खलकको निशानामा परे बिचरा ।
उनको दिमागमा जनयुद्धकाे गौरव गाउने या विद्रुपीकरण गर्ने दुवै कुरा नहोला भन्न सकिन्छ । अब उनी कसैको उक्साहटमै रहेछन् भने पनि उनको सिर्जनाले गलत सन्देश दिएको छ भने बैचारिक हिसाबले लड्ने हो । यसो गरिस् भने या यसो गरिनस् भने ठोकिदिन्छौं भन्ने मण्डले धम्की दिएर गलत बिचारको खण्डन गर्न सकिन्न । जहाँसम्म “पीर” गीतले माओवादीलाई ठोक्यो भनेर काँखी मच्चाउने राजनीतिक झुण्डहरूको कुरा छ ती झुण्डहरुलाई सम्झेर कठैबरी मात्र भन्न सकिन्छ ।
बलराम तिमल्सिनाकाे फेसबुकबाट ।