गायक प्रकाश सपुतलाई कोरोना पुष्टि

लाेकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएकाे छ । उनले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

‘धेरै शरिर दुख्ने/गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ’, उनले भनेका छन् ।

उनले कोरोनालाई सामान्य नठान्‍न पनि आग्रह गरेका छन् । उनले  लेखेका छन्, ‘कोरोना जित्न सकिन्छ भन्‍ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ, किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सुरक्षित बसौँ !’

अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्