स्थानीय तहकाे निर्वाचनको मिति नजिकिदै गर्दा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा जनता समाजवादी पार्टीले संगठन विस्तार तीव्र बनाएको छ ।
जसपाले आज सो गाउँपालिकाको वडा नं ३ मा चक्रबहादुर सुनुवारको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति गठन गरेकाे छ ।
सोही अवसरमा हेमकुमारी सुनुवारको अध्यक्षमा ३१ सदस्यीय समाजवादी महिला संघ पनि गठन गरिएको छ ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका सहइन्चार्ज तथा केन्द्रीय सदस्य नवीनकुमार सुनुवार, खिजिदेम्बा गाउँपालिका समितिका अध्यक्ष तथा गायक गम्बु शेर्पा लगायत नेता सहभागी थिए ।
गम्बु शेर्पा वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पार्टीकाे तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुन लागेका नेता हुन् ।
सो वडामा सुनुवार समुदायकाे बस्ती रहेकाे छ ।
