Sunday, December 4, 2022
16.9 C
Diktel

खिजिदेम्बा गाउँपालिका-३ मा जसपाकाे वडा समिति गठन

Subtitle

स्थानीय तहकाे निर्वाचनको मिति नजिकिदै गर्दा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा जनता समाजवादी पार्टीले संगठन विस्तार तीव्र बनाएको छ ।

जसपाले आज सो गाउँपालिकाको वडा नं ३ मा चक्रबहादुर सुनुवारको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति गठन गरेकाे छ ।

सोही अवसरमा हेमकुमारी सुनुवारको अध्यक्षमा ३१ सदस्यीय समाजवादी महिला संघ पनि गठन गरिएको छ ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका सहइन्चार्ज तथा केन्द्रीय सदस्य नवीनकुमार सुनुवार, खिजिदेम्बा गाउँपालिका समितिका अध्यक्ष तथा गायक गम्बु शेर्पा लगायत नेता सहभागी थिए ।

गम्बु शेर्पा वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पार्टीकाे तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुन लागेका  नेता हुन् ।

सो वडामा सुनुवार समुदायकाे बस्ती रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्