साकेला गाउँपालिकामा २४ घण्टे सेवा

खाेटाङस्थित साकेला गाउँपालिकाले २४ घण्टे सेवा सुरु गरेकाे छ ।

कार्यपालिकाकाे छ जना नवनिर्वाचित सदस्यहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राईले सपथ गराएपछि बसेकाे पहिलाे बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेकाे हाे ।

हाल देशभरका सरकारी कार्यालयकाे समय बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म ताेकिएकाे छ ।

साकेला गाउँपालिकाले भने गाउँपालिकाबासीले भैपरी आउने आपतविपत बाहेक र बिदामा पनि २४ सै घण्टा स्थानीय सरकारबाट सहयोग पाउने गरी साकेला जिरो आवर सर्भिस लागू गर्ने निर्णय गरेकाे हाे ।

आफू जनताकाे सेवक रहेकाे बताउने गाउँपालिका अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img