नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आइरहेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै थापाले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएकाे बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपि पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरि पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरुको कुरा छ ।’