नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मंसिरकाे चुनावमा भएकाे बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले मंगलकार भरतपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको र त्यसलाई जोगाउन पार्टीले अहिलेदेखि तयारी गरेको बताए ।

उनले भने, ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यहि पपुलर जनमतलाई रक्षा गर्दै हामी अगाडि बढ्नेछौं ।’

उनले एमालेको खबरदारीका कारण स्थानीय निर्वाचन सम्पन्न भएको बताउँदै सत्ता गठवन्धन निर्वाचनको पक्षमा नभएको आरोप लगाए ।

उनले अहिले देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै सरकारले समयमा नै ध्यान दिन नसके नेपालको अवस्था नाजुक हुने चेतावनी दिए ।