नेकपा एमाले खाेटाङ जिल्ला अध्यक्षमा रामप्रसाद दंगाल

नेकपा एमालेकाे खोटाङ जिल्ला कमिटी अध्यक्षमा रामप्रसाद दंगाल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न एमालेकाे साताैं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य र उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार साँझ एमालेका पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शपथ खुवाएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्