Sunday, April 2, 2023

किरात सभ्यतामा आधारित नाटक ‘खुवालुङ’ मण्डला थिएटरमा मञ्चन

किरात सभ्यताको बिम्ब मानिने खुवालुङमा आधारित नाटक ‘खुवालुङ–ढुंगाको बाटो’ शुक्रबारदेखि काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुन थालेको छ ।

वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङको लेखन तथा परिचित निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको यो नाटक आगामी साउन २९ गतेसम्म रहेक दिन साँझ ५ बजे मञ्चन भइरहेको छ ।

यस नाटकमा पशुपति राई, मनाङ लावती, इँगि होपो सुनुवार, रियर राई, रोशनी स्याङ्बो, सम्योग गुरागाईं, वेदना राई, अनु थापा मगर, प्रशम्सा गुरुङ, सुरज यादव, सबिना थापा क्षेत्री, सारा लोहोरुङ राई, बिनोद धामी, दिपा सुहाङ, सुशील तामाङलगायत ३० जना कलाकारकाे अभिनय छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्