सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बजारमा

गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंवम् संगीतकार कर्साङ लामाको स्वर रहेको छ ।

गीतलाई बिरिसु न्युजको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो ।

पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् भने कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन् ।

गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन,
कोरियोग्राफी र सम्पादन गरेका हुन् ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ, मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्