किरातीकाे छोरी

छोरी हुँ म किरातीको
लाउँछु शिरफूल शिरमा
इज्जत राख्छु किरातीकै
दिन्नँ मैले गिर्न ।

चिनाउने छु देशको नाम
फिजाउने छु राम्रा कुरा
बचाइ राख्न लागी पर्छु
संस्कृति र संस्कार ।

छोरी हुँ म किरातीको
भाषा बोल्छु आफ्नै
शिर उठाउँछु पुर्खाहरुको
सबको गर्छु भलाइ ।

पूजा गर्छु पितृहरुको
रक्षा संस्कृतिको
चिनाउने छु किरात धर्म
फिजाउने छु संकार ।

छोरी हुँ म किरातीको
लाउँछु ढुङ्ग्रीमुन्द्री
सिकाउँछु रीतिरिवाज
फिजाउँछु किरातीकै ध्वनि ।

छोरी हुँ म किरातीको
हिमायती किरातकै
लेख्छु गीत इतिहासको
किरातहरुकै योगदानको ।

गाउँछु गीत इतिहासको
पुर्खाहरुकै योगदानको ।

–ममता खालिङ राई

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्