काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह ‘आदिवासी भोक’ लोकार्पण गरिएको छ ।

गत शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले उक्त कविता सङ्ग्रह लोकार्पण गरेका हुन् ।

सो क्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र दर्शन नभएको तर विचार भएको बताए ।

राई जातिको फेटा गुथाईदिएपछि भावुव हुँदै कुलपति राईले भने, ‘अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गरुङ्गाे लागेर मनलाई बढी भावुक बनायो ।’

कवि एवम् निबन्धकार कुमारी लामाले कविता कृति र कवि देवकी अभिलाषीका बारेमा अत्यन्तै सुन्दर एवम् सटिक समालोचकीय मन्तव्य राखेकी थिइन् ।

उनले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन् ।

कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कवि मात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको खुलासा गरेका थिए ।

पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए ।

 

Please enter your comment!
Please enter your name here