मेलिना र थिरजको ‘झिमिक झिमिक परेली’ सार्वजनिक

गायिका मेलिना राई र गायक थिरज राईको आवाजमा नयाँ गीत ‘झिमिक झिमिक परेली’ सार्वजनिक भएको छ ।

डिपी खनालको शब्द र थिरज राईको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो ‘टिएनएसपिएम मिडिया’ नामक युट्युब च्यानलमा राखिएको छ ।

सन्दिप भुजेलको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा सोनिका रोकाया र जोन पुलामी मगरले अभिनय गरेका छन् ।

गीतको एरेन्ज राजन इसानले गरेका हुन् भने मिक्सिङ महेश्वरमान राजभण्डारी गरेका हुन् । म्युजिक भिडियोको छायांकन र सम्पादन सञ्चित घिसिङले गरेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्