आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ अमेरिका गठन

“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मणि बाङ्देल राईको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन गरेको छ ।

११ सदस्यीय कार्य समितिमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष, कोषाध्यक्ष मनु लोहरुङ राई चुनिएका छन् ।

सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्ध चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लिङ राई, अग्नी साम्पाङ राई रहेका छन् ।

आदिबासी जनजाति महासंघ अमेरिकाले साहित्यकारहरुको भेलाको समन्वय गरेका थिए । आदिवासी जनजाति महासंघको अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चुनिएका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

साहित्यकार मणि बाङ्देल अध्यक्षमा चुनिएपछि उनले अमेरिकामा रहँदै आएका नेपाली आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट मुखरित गर्न योजना बनाएर अगाडि बढ्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्