मेरी आमा

–सरस्वती गुरुङ

फेसबुकमा फोटो हालिन् भनी मन नदुखाउनु है आमा
परदेशमा छु सम्झिराछु आँशु नसुकाउनु है आमा ।

बरु दुई चार डलर पठाइदिउँला घरखर्च टार्नलाई
फोनमा कुरा गर्दा दुःख पीडा नलुकाउनु है आमा ।

यसपालि आइनँ, अर्को साल औशीमा आउँछु पक्कै
सम्झिएर दिनभर दोबाटोमा आँखा नकुराउनु है आमा ।

बाबा हुनुहुन्छ भाइ अनि दाजु भाउजू छन् साथमा
हास्नु पर्छ टाढा भए नि भनी मन बुझाउनु है आमा ।

एक दिन भेट हुनेछ, सारा खुशी लिएर आउनेछु
प्रतीक्षा गर्नुस् त्यो दिन मनको दुःख नखुलाउनु है आमा ।

-कटारी, उदयपुर
हाल, युरोप ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्