दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युबमा राखियो

मण्डला थिएटरको निर्माण तथा अभिनेता दयाहाङ राईको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ युट्युबमा राखिएको छ । यो नाटक अब पुरै युट्युबमै हेर्न सकिन्छ ।

कोरोनाभाइरसको दोस्रो लहरको महामारीले देश कडा लकडाउनको अवस्थामा रहेको बेला हाल मण्डला थिएटरले पहिलोपटक डिजिटल माध्यमबाट दर्शकलाई नाटक देखाएको हो ।

एक घण्टा दश मिनेट लामो यस नाटकलाई शुक्रबार मण्डला थिएटरको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

नाटकमा दुईजना वृद्धहरुले आफ्नाे किशोरावस्थाको उत्ताउलो तथा रमणीय पलहरुको स्मरण गर्छन् । उनीहरु आपसमा मितमित हुन्छन् । नाटकको कथावस्तु र परिवेश पूर्वी नेपालको लिम्बु समुदाय रहेको छ ।

सोमनाथ खनालको लेखन रहेको यस नाटकमा बुद्धि तामाङ, विजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको भूमिका छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्