Saturday, April 1, 2023

द भ्वाइस अफ नेपालका कोच दिप श्रेष्ठलाई कोरोना संक्रमण

द भ्वाइस अफ नेपालका कोच दिप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको कोभिड परीक्षण गरिएको थियो ।

द भ्वाइस अफ नेपालकाे फेसबुक पेजमा उनलाई कोरोना संक्रमण भएको जनाइएको छ ।
वरिष्ठ गायक समेत रहेका श्रेष्ठलाई हाल काठमाडाैंकाे मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचार गरिदैछ ।

उनको अवस्था अवस्था सामान्य रहेको बुझिएको छ ।

नेपालमा कोरोनाकाे दोस्रो भेरियन्टले गाँजेसँगै द भ्वाइस अफ नेपाल दुई साताअघि नै रोकिएको थियाे । उक्ता शोका केही प्रतिस्पर्धी र कोचहरुलाई कोरोना संक्रमण भएको थियो ।

यसअघि कोच प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो ।

दर्शकले मन पराएको उक्त शो हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्