नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुन सक्ने जनाएको छ ।

उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । उनी पशुपति परिसरमा झगडा र विवादमा समेत परेकी थिइन् ।

प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्