पहिलोपटक मनाइयो ‘घाँसी खड्ग ठाडा मगर दिवस’

नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ युकेको आयोजनामा हिजो पहिलोपटक ‘घाँसी खड्ग ठाडा मगर दिवस’ मनाइएको छ ।

‘घाँसी’को प्रसंग आदिकवि भानुभक्त आचार्यले कवितामा उल्लेख गरेका छन् ।

आदिवासी अभियान्ता आङ्काजी शेर्पाले भानुभक्तले ‘घाँसी’ भनिएका व्यक्ति तनहुँका खड्ग ठाडा मगर हुनसक्ने बताएका छन् ।

शेर्पाकै परिकल्पना अनुसार ओझेलमा परेका खड्ग ठाडा मगरलाई सम्झना गर्दै घाँसी खड्ग ठाडा मगर दिवस मनाइएको हो ।

खड्ग ठाडा मगरको इतिहास लुकाइएकोले खोजी गर्नुपर्ने सन्देशसहित कविना वाचन प्रयोगिताको आयोजना गरी दिवस मनाइएको हो ।

जुम भिडियोबाट आयोजना गरिएको कविता प्रतियोगितामा कवि सीता तुम्खेवा प्रथम भएकी छन् ।

दोस्रो, तेस्रो क्रमशः धरानका हेन्सेन याक्खा र प्रदीप योङहाङ भएका छन् । उदयपुरका टीका मगरलाई सान्त्वना पुरस्कार दिइएको छ ।

तुम्खेवा, याक्खा, योङहाङले क्रमशः १५, १०, ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । मगरले पनि पुरस्कारस्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष राजन मुकारुङकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘घाँसी खड्ग ठाडा मगर दिवस’का परिकल्पनाकार शेर्पाका साथै भगवान चाम्लिङ, सञ्जोग लाफा मगर, विश्वासदीप तिगेला लगायतले विचार व्यक्त गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्