प्रगतिवादी कवि बलराम तिमल्सिना ‘इच्छुक स्मृति पुरस्कार’बाट सम्मानित

प्रगतिवादी कवि बलराम तिमल्सिना ‘इच्छुक स्मृति पुरस्कार’बाट सम्मानित भएका छन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी २०७७ सालको इच्छुक स्मृति पुरस्कारबाट सिन्धुली घर भएका तिमल्सिनालाई सम्मान गरेको हो ।

यसैगरी इच्छुक प्रतिभा पुरस्कार प्युठानकी सीता विक र रमण थामीलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य तथा कला क्षेत्रमा निरन्तर क्रियाशील श्रष्टा तथा कलाकारहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको हातबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्