हाँस्यकलाकार पल्पसा डंगाेलकाे दुबै किड्नी फेल

हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’काे दुबै किड्नी फेल भएकाे छ ।

हाल एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उनकाे उपचार भैरहेको छ ।

पल्पसाले ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर उनले यसको जानकारी कसैलाई पनि दिएकी थिइनन् । उनले डायलासिस गराउँदै आएकी थिइन् ।

एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बताएकी छन् । यसका लागि ५० लाख रूपैयाँ भन्दा बढी पैसा चाहिने बताइएकाे छ ।

हाल उनकाे उपचारका लागि कलाकारहरुले आर्थिक सहयाेग जुटाउन थालिसकेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्