भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् ।

अश्लील फिल्म बनाएर बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । ४५ वर्षीय कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्राञ्‍चले सोमबार मध्यरातमा पक्राउ गरेको हो ।

मुम्बई प्रहरीका कमिश्नरका अनुसार कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातिदेखि नै क्राइम ब्राञ्‍चले उनको बयान लिएको थियो । बयानपछि उनलाई पक्राउ गरिएको हो ।

कुन्द्राले अश्लील फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । उनले ती अश्लील फिल्महरू बिक्री-वितरण समेत गरिरहेको पाइएको छ ।

कुन्द्राको घरमा समेत पुगेर प्रहरीले सोधीखोजी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Please enter your comment!
Please enter your name here